प्रभु समूहद्धारा दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाखको सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु समूहद्धारा दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाखको सहयोग



काठमाडौं। सामाजिक उत्तरदायित्व अन्तर्गत गत बैशाख १२ गते आएको विनाशकारी महाभुकम्पबाट पीडितहरुको उद्धार तथा राहतमा जुटेको प्रभु समूहले “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा ३ करोड १ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ ।

1736801275_1434686042

प्रभु बैंक लिमिटेडमा  रहेको  “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा प्रभु बैंक लिमिटेडद्धारा १ करोड १ लाख रुपैयाँ, प्रभु समूहद्धारा १ करोड रुपैयाँ र अन्य सहयोगदाताहरुद्धारा जम्मा गरिएको १ करोड रुपैयाँ गरी जम्मा  ३ करोड १ लाख रुपैयाँ बराबरको सहयोग राशीको चेक हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्री कार्यालय वालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री सुशिल कोइरालालाई प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचन र प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संयुक्त रुपमा  “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा जम्मा भएको सहयोग रकम हस्तान्तरण गरेका हुन ।

यसका साथै प्रभु बैंक लिमिटेडले देशलाई आईलाग्ने प्राकृतिक विपत्तिमा व्यवसायिक दायित्वका साथसाथै सामाजिक उत्तरदायित्व निर्वाह गर्न समेत सधै  क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

प्रकाशित : ४ असार २०७२, शुक्रबार ०९:३९