साङ्लाले सताएर हैरान बनायो ? यसो गर्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साङ्लाले सताएर हैरान बनायो ? यसो गर्नुस्



घरमा ओसको मात्रा बढी हुँदा साङ्लाहरुलाई सजिलो हुन्छ । साङ्लाहरुको बास नै भान्सामा खाने कुरा भएको ठाउमा हुने गर्दछ ।
साङ्ला भगाउन या मार्नका लागि बजारमा थरिथरिका रसायनिक औषधि पाइन्छन् । तर यी औषधीहरु स्वास्थ्यका लागि हानिकारक हुन्छन् । घरमा साना बच्चा छन् भने रासायनिक औषधि होइन, घरेलु उपाय नै अपनाउनुहोस् ।
साबुनको झोल
साङ्ला मार्ने सबैभन्दा उत्तम उपाय साबुनको झोल हो । साबुन या स्याम्पुको झोलले सबैभन्दा छिटो र सजिलो किसिमले साङ्ला मगर्दछन् ।साङ्लाको शरीरमा साबुनको झोल परेपछि यसले बाहिरबाट हावा लिन पाउृँदैन । श्वास फेर्न छालाको सहाराले हावा लिने भएकोले शरीरमा साबुनको झोलले बन्ने परतका कारण साङ्ला सास लिन नसकी छटपटिएर मर्छ ।

के गर्ने ?
एउटा भाँडोमा नुहाने साबुनको झोल तयार गर्ने । स्याम्पु मिसाउँदा पनि हुन्छ ।
सांग्लाहरु भएको स्थानमा यो झोल छर्किने । सांग्लाहरु भाग्न नपाउन भनेर चारीतिर झेलको अलि चौडा घेरा बनाउँदा पनि हुन्छ ।
अब यो झोल सांग्लामाथि छर्किने । सांग्ला भाग्न खोज्छन् । केही मर्छन् । भाग्न खोजेका सांग्लामाथि यो झोल छर्किँदै जाने ।
लुगा धुने साबुन भन्दा नुहाने साबुन डिटोलको झोलले यो छिटो मर्दछन् ।
यस बाहेक अन्य उपायहरु यसप्रकार छन् ।

तेजपत्ताको प्रयोग
तेजपत्ताको गन्धसँग कक्रोच भाग्ने गर्छ । त्यसैले केही पत्ता कक्रोच धेरै बस्ने कुनामा राखिदिनुहोस् । यसको गन्धले कक्रोच आफैँ भाग्ने गर्छ । तर, एउटै पत्ताले लामो समय काम नगर्ने भएकाले केही हप्ताको अन्तरमा त्यसलाई बदल्नुपर्छ ।
सोडा र चिनी कचौरामा बराबर मात्रामा सोडाको धुलो र चिनी मिसाएर कक्रोच धेरै बस्ने ठाउँमा राख्नुहोस् । चिनीको गुलियोले कक्रोचलाई आकर्षित गर्छ, त्यसलाई खाएपछि सोडाले मार्ने काम गर्छ । समय–समयमा यसलाई पनि परिवर्तन गरिराख्नुपर्छ ।

ल्वाङ
ल्वाङको गन्ध ल्वाङ पनि कक्रोच भगाउने उत्तम उपाय हो । कक्रोच धेरै लाग्ने ठाउँमा ल्वाङका केही टुक्रा अथवा धुलो राखिदिनुहोस् । यस उपायबाट कक्रोच भाग्छ ।

मट्टीतेल
मट्टीतेलको प्रयोग मट्टीतेलको प्रयोगले पनि कक्रोच भगाउन सकिन्छ । तर, यो प्रज्वलनशील पदार्थ भएकाले प्रयोगमा निकै सजगता अपनाउनु जरुरी छ ।
ओसमुक्त राख्नुहोस् ओसिलो स्थान कक्रोचका लागि निकै अनुकूल मानिन्छ । त्यसैले तपाईंले आफ्नो कोठालाई ओसमुक्त राख्नुभयो भने पनि कक्रोचबाट केही हदसम्म मुक्ति मिल्छ ।

प्रकाशित : २१ माघ २०७३, शुक्रबार ०९:५३