चोरी पनि निकै रोचक खालको ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चोरी पनि निकै रोचक खालको !



चितवन,२१  माघ  । भरतपुर उपमहानगरपालिका वडा नं २ मिलनरोड, नारायणगढमा रहेको आधुनिक सुनचाँदी पसलमा चोरी भएको छ ।

चोरी पनि निकै रोचक खालको रहेको छ । चोरहरुले पसलमा भएका सुन, चाँदी पैसा त लगनै साथमा सिसि क्यामेराको डिभिआर बक्स सेमत चोरी गरेका छन् ।

विकास बर्माको उक्त पसलबाट चार किलो सुन, चार किलो पाँच सय ग्राम चाँदी, सात लाख नगद र सिसी क्यामराको डिभिआर बक्ससमेत चोरी भएको  जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

प्रहरीका अनुसार चोरहरुले सटरको साँचो फोरेर सामान लगिसकेपछि पुनः अर्को साँचो लगाएर छाडेका छन् । पसलभित्र रहेको सानो सेफ फुटाएर चोरिएको छ भने ठूलो सेफ सुरक्षित रहेको प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

पसल भित्रको सिसी क्यामराको डिभिआर समेत चोरिएकाले केही पहिचान हुन सकेको छैन । बजारका सडकमा राखिएका सिसी क्यामरामार्फत अनुसन्धान थालिएको उनले बताए । अनौठो प्रकारको चोरी भएकाले आफूले फरक ढङ्गले यसको अनुसन्धान थालेको बताउँदै उनले एक हप्ताभित्र चोर पक्राउ गर्ने दाबी गरे ।

प्रकाशित : २१ माघ २०७३, शुक्रबार १५:१५