डलरको मूल्य ओरालोतिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डलरको मूल्य ओरालोतिर



काठमाडौं । लगातार उतारचढाब आइरहेको अमेरिकी डलरको मूल्य शुक्रबार ५९ पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको मूल्य १ सय १ रुपैयाँ ७३ पैसामा किनेर १ सय २ रुपैयाँ ३३ पैसामा बिक्री गर्ने जनाएको छ ।

यसअघि राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलर १ सय २ रुपैयाँ ३२ पैसामा किनेर १ सय २ रुपैयाँ ९२ पैसामा बिक्री गरेको थियो ।

प्रकाशित : ४ असार २०७२, शुक्रबार ०९:४२