महालक्ष्मी बैंकको मुनाफामा १५८ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महालक्ष्मी बैंकको मुनाफामा १५८ प्रतिशतले वृद्धि



काठमाडौं, २३ माघ । महालक्ष्मी विकास बैंक लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा १२ करोड ८७ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा १ सय ५८ दशमलव २० प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा ४ करोड ९८ लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब १५ करोड ६२ लाख रुपैयाँ चुक्ता पुँजी भएको महालक्ष्मी बैंकले जगेडाकोषमा ७० करोड २७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २१८ प्रतिशतले वृद्धि गरी ११ अर्ब ७८ करोड ३३ लाख रुपैयाँ संकलन गरी कर्जामा ९ अर्ब ८८ करोड ९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा २ सय ४७ दशमलव ३० प्रतिशतले वृद्धि गरी ३० करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २ सय ९० प्रतिशतले वृद्धि गरी २० करोड ७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्कृय कर्जा ४ दशमलव ४१ प्रतिशत रहेको छ भने १६ दशमलव ९९ प्रतिशत जोखिम युत्त सम्पत्ति रहेको छ । प्रतिशेयर आम्दानी २२ दशमलव २६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ५८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ६० दशमलव ७८ रुपैयाँ र तरलता अनुपात ३२ दशमलव ०४ प्रतिशत रहेको छ ।

प्रकाशित : २३ माघ २०७३, आईतवार ०९:२५