३३ किलो सुन प्रकरण: वरिष्ठ उपरीक्षक खत्री सिआइबीको फन्दामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

३३ किलो सुन प्रकरण: वरिष्ठ उपरीक्षक खत्री सिआइबीको फन्दामा



काठमाडौं २३ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साढे ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले पक्राउ गरेको छ ।

सिआइबीले एसएसपी खत्रीलाई कार्यकक्ष प्रहरी प्रधान कार्यालबाट पक्राउ गरेको हो । एसएसपी खत्री पुस २१ गते सुन तस्कर भएको बेला विमानस्थलमै कार्यरत थिए ।

पछि उनलाई अनुसन्धान गर्न भन्दै प्रहरी प्रधान कार्यालय तानिएको थियो । उनले सुन तस्करलाई सघाएको आरोपमा सिआइबीले पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

प्रकाशित : २३ माघ २०७३, आईतवार १०:३०