एसबीआईको एफपिओ कसलाई कति पर्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एसबीआईको एफपिओ कसलाई कति पर्यो ?



काठमाडौं,  २३  माघ । नेपाल एसबीआई बैंकको फर्दर पब्लिक अफरिङ एफपीओ आज आइतबार बाँडफाँट भएको छ । बैंकले पुस ११ गतेदेखि पुस १४ सम्म ६ करोड ५८ लाख रुपैयाँ बराबरको ६७ हजार ७६७ कित्ता शेयर बिक्री खुल्ला गरेको थियो ।

बैंकको शेयरमा लगानीकर्ताले गोलाप्रथामा १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । आज नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालय हात्तिसारमा भएको शेयर बाँडफाँट अनुसार बैंकको शेयरमा १० देखि ५० कित्ता आवेदन ४४ हजार ८७ आवेदक मध्ये २ हजार ७११ जनाले गोलप्रथामा १० कित्ता पाएका छन् । भने सो भन्दा बढी आवेदन दिएका १३ हजार ३९ आवेदक मध्ये ४ हजार ६५ ले पनि गोलाप्रथाकै आधारमा १० कित्ता शेयर पाएका छन् ।

बैंकको एफपिओमा माग गरेभन्दा ७३ गुणा बढी आवेदन परेको थियो । बैंकको शेयरमा प्रतिकित्ता ९७१ रूपैयाँका दरले प्रिमियममा न्यूनतम १० कित्ता र अधिकतम ६ सय ७० कित्ताका लागि आवेदन दिने व्यवस्था गरिएको थियो ।

बैंकले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७०ः३० कायम गर्नका लागि ६७ हजार ७६७ कित्ता शेयरको नयाँ निष्काशन गरेको थियो । एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँ पूँजी थपिनेछ, भने प्रिमियम रकम जगेडा कोषमा रहनेछ ।

बैंकमा ५५ दशमलव १० प्रतिशत शेयर स्वामित्व भारतीय एसबिआई बैंक, १५ दशमलव ०२ प्रतिशत शेयर स्वामित्व कर्मचारी सञ्चयकोष र २९ दशमलव ८८ प्रतिशत सर्वसाधारण शेयर लगानीकर्ताहरुको रहेको छ ।

प्रकाशित : २३ माघ २०७३, आईतवार ११:५९