यस्तो छ कृषि विकास बैंक प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्तो छ कृषि विकास बैंक प्रगति



काठमाडौं, २४ माघ  । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मुनाफा ९० करोड ६६ लाख रुपैयाँ कमाएको छ जुन अघिल्लो वर्षको तुलनाभन्दा १ ुयय ३३ दशमलव ९६ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा ३८ करोड ७५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

१० अर्ब ३७ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी बैंकले जगेडाकोषमा ९ अर्ब २९ करोड २० लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ६ दशमलव ०९ प्रतिशत वृद्धि गरी ८७ अर्ब ६५ करोड ९२ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ८७ अर्ब ५ करोड ७७ लाख रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २८ दशमलव ८२ प्रतिशतले वृद्धि गरेको हो । त्यस्तै खुद व्याज आम्दानीमा ५७ दशमलव १९ प्रतिशतले बढेर ३ अर्ब १० करोड ९८ लाख रुपैयाँ पुगेको छ र संचालन मुनाफामा १ सय ५८ प्रतिशत बढेर ६८ करोड ४९ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ८६ करोड ९० लाख रुपैयाँ राखेको छ भने ६५ करोड ४० लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

बैंकको जोखिम युत्त सम्पत्ति ३ दशमलव ७४ प्रतिशतले बढेर १६ दशमलव ४१ प्रतिशत र निस्कृय कर्जा १ दशमलव ५४ प्रतिशतले रहेको छ ।

बैंकको प्रति शेयर आम्दानी २९ दशमलव ४९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ३८ गुणा, प्रतिशेयर नेटवर्थ २ सय ८४ दशमलव ४३ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ५७ प्रतिशत रहेको छ ।

प्रकाशित : २४ माघ २०७३, सोमबार ०४:४०