सोमबारका छापामा अार्थिक खबर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सोमबारका छापामा अार्थिक खबर



काठमाडाै २४ माघ । विदेश जाने नेपाली नागरिकबाट विमानस्थल विकास शुल्कबापत चार अर्ब रुपैयाँ उठे पनि सरकारले विमानस्थलको विकासमा ज्यादै न्यून खर्च गरेकोलाई नयाँ पत्रिका दैनिकले आर्थिक पृष्ठको मुख्य  समाचार बनाएको छ । त्यस्तै पहिलो पटक खनिज नीति बन्न लागेको विषयमा पनि समाचार प्रकाशित छ ।

कारोबार दैनिकले बिमा शुल्क घटाउन बिमा समितिले अस्वीकार गरेको समाचारलाई महत्वका साथ छापेको छ । त्यस्तै निर्माण क्षेत्रमा मजदुर अभाव विकराल बन्दै गएको समाचारलाई एंकर बनाएको छ ।

नागरिक दैनिकको आर्थिक पृष्ठमा गौरवका आयोजनाहरुले बजेट खर्च गर्न नसकेको समाचार प्रकाशित छ ।

अभियान दैनिकले राष्ट्रिय किसान आयोगले कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको समाचारलाई महत्व दिएको छ । त्यस्तै नूनको मूल्य वृद्धि गर्न साल्ट ट्रेडिङले प्रस्ताव गरेको समाचारले पनि स्थान पाएको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकको आर्थिक पृष्ठमा ‘गुमेको बजार फर्काउँदै पश्मिना’ शीर्षकको समाचारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै कर्जा वृद्धि अस्वभिाविक भएको समाचारले पनि आर्थिक पृष्ठमा स्थान पाएको छ ।

प्रकाशित : २४ माघ २०७३, सोमबार ०४:३५