अोरालो लाग्यो अरुण भ्याली हाइड्रोपावरको नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अोरालो लाग्यो अरुण भ्याली हाइड्रोपावरको नाफा



 काठमाडौ, २४ माघ  । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा २ करोड ५५ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत आवको तुलनाभन्दा १८ दशमलव ५४ प्रतिशतले गिरावट आएको हो । अघिल्लो वर्षकोे सोहि अवधिमा हाइड्रोपावरले मुनाफा ३ करोड १३ लाख रुपैयाँ कमाएको थियो ।

८४ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी भएको अरुण भ्याली हाइड्रोपावर कम्पनीले जगेडाकोषमा २ करोड ८४ लाख रुपैयाँ राखेको छ । लगानीमा २२ प्रतिशतले वृद्धि गरी ५४ करोड ९१ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै बिक्रीमा ३० प्रतिशतले घटेर २ करोड ८४ लाख रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा गत वर्षको तुलनाभन्दा २६ प्रतिशतले घटेर ३ करोड १६ लाख रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा संचालन मुनाफा ४ करोड २३ लाख रुपैयाँ रहेको थियो ।

अरुण भ्याली हाइड्रोपावर कम्पनीको प्रति शेयर आम्दानी ६ दशमलव ०३ रुपैयाँ, मुल्य आम्दनीको अनुपात ४१ दशमलव ९८ गुणा, प्रति शेयर नेटवर्थ १ सय ०३ दशमलव ३५ रुपैयाँ र तरलता अनुपात ३ दशमलव ६० प्रतिशत रहेको छ ।

प्रकाशित : २४ माघ २०७३, सोमबार ०४:४१