केराको बोक्रा बारे ९ फरक प्रयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

केराको बोक्रा बारे ९ फरक प्रयोग



एजेन्सी । के तपाईलाई थाहा छ, केराको बोक्रामा म्याग्नेसियम, पोटासियम र कार्बोहाइड्रेटजस्ता न्यूट्रिएट्स हुन्छन् रु यति मात्रै होइन, यसले सुन्दरतालाई निखार्नका लागि प्रयोग गर्न सकिन्छ । केराको बोक्रामा रहेको एन्जाइम्सले धेरै वस्तुको सफाईका लागि प्रयोग गर्न सकिन्छ । जान्नुहोस्, केराको बोक्राको ९ फरक प्रयोग बारे ।

१। डार्क सर्कल हटाउन – आँखाको तल्लो छेउ भागमा केराको बोक्रालाई घोटेर दल्ने गरेमा ‘डार्क सर्कल’ हट्छ ।

२। पहेलोपन हटाउन – केराको बोक्राले पहेलो भएको दाँतमा घोट्नु होस्, दाँतको पहेलोपना हटेर जान्छ । दिनहुँ जसो यसो गर्नाले दाँतमा चमक आउँछ ।

३। जुत्ता चम्काउँन – केराको बोक्रालाई जुत्तामा रगड्नाले टलकिन्छ९चिम्किन्छ० ।
४। डन्डिफोर हटाउन – केराको बोक्रालाई डन्डिफोर निस्किएको ठाउँमा दल्ने गरेमा डन्डिफोर हट्छ ।

५। विरुवा बढ्छ – केराको बोक्रालाई मलको रुपमा विरुवामा हालेमा चाँडै विरुवा बढ्छ ।

६। स्क्र्याच हट्छ – सिडि वा डिभिडि स्क्र्याच भएमा केराको छालाले सफा गर्नुहोस् ।

७। सजिलै सफा गर्न – चाँदीका गरगहना वा सामाग्रीलाई सफा गर्नका लागि केराको बोक्राले रगड्नुहोस्, सजिलै सफा र चम्किलो बनाउँछ ।

८। छिटो पाक्छ मासु – मासुलाई पकाउँदा त्यसमा थोरै समयका लागि केराको बोक्रा पनि राख्नुहोस्, केहिबेरपछि निकाल्नुहोस् । मासुलाई चाँडै पकाउँन मद्दत गर्छ ।

९। कुर्कुचा फुटेको – केराको बोक्रालाई फुटेको कुर्कुचामा घोट्नुहोस् र पाँच मिनेटपछि धुनुहोस् । यसो गर्नाले फुटेको कुकुर्चालाई ठिक गर्छ ।

प्रकाशित : २४ माघ २०७३, सोमबार ०७:१२