रंगशाला पुनर्निर्माणका लागि उच्चस्तरीय संयन्त्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रंगशाला पुनर्निर्माणका लागि उच्चस्तरीय संयन्त्र



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले दशरथ रंगशालाको भौतिक संरचनाको अध्ययन र पुनर्निर्माणका लागि उच्चस्तरिय संयन्त्र गठनको प्रस्ताव अघि सारेको छ । मानवीय दृष्टिले अति संवेदनशील क्षेत्र भएकाले रंगशालास्थिति भौतिक संरचनाको विस्तृत रुपमा परीक्षण गर्न राखेपले संयन्त्र गठनको तयारी गरेको हो ।
राखेपअन्तर्गत भौतिक निर्माण विभागकी प्रमुख एवम् आर्किटेक तिलोत्तामा बस्यालले दशरथ रंगशाला आपैंmमा पुरानो र ठूलो संरचना भएकाले भवन विभागका इन्जिनियरलाई देखाएरमात्र विनाशकारी भूकम्पले यसमा पु¥याएको क्षति र अवस्थावारे भन्न सकिने बताइन् ।
राखेपले संयन्त्रमा भवन विभाग, काठमाडौं महानगरपालिका, काठमाडौं महानगरपालिका प्राधिकरण, पुल्चोक इन्जिनियरिङ क्याम्पस, एनएसईटी, युवा तथा खेलकुद मन्त्रालय र राखेपसहितको संयन्त्र गठन गर्न लागेको जानकारी पनि बस्यालले दिईन् । दशरथ रंगशालाको भौतिक संरचना अध्ययनका लागि आवश्यक परे संयनत्रले अन्तर्राष्ट्रिय प्राविधिकसमेत झिकाउने सक्ने छ । गत बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पपछि राखेपले दशरथ रंगशालामा पुगेको क्षतिको आंकलन गर्न चीनबाट प्राविधिक टोलीसमेत झिकाएको थियो । आजको अन्नपूर्ण पोष्टबाट ।

प्रकाशित : ५ असार २०७२, शनिबार ०५:५७