निर्धन उत्थान विकास बैंकको मुनाफा  ११३ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

निर्धन उत्थान विकास बैंकको मुनाफा  ११३ प्रतिशतले वृद्धि



काठमाडौ, माघ २६ । निर्धन उत्थान विकास बैंक लिमिटेड ले दोस्रो त्रैमासमा खुद मुनाफा १ सय १३ दशमलव २४ प्रतिशतले वृद्धि गरी ३० करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १४ करोड १३ लाख रुपैयाँ आर्जन गरेको थियो ।

६० करोड रुपयैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ७९ करोड ९१ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा २५ दशमलव ६१ प्रतिशतले वृद्धि गरी ५ अर्ब २२ करोड ७७ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ४६ दशमलव ६३ प्रतिशतले वृद्धि गरी ११ अर्ब ५४ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा ४९ दशमलव ४८ प्रतिशतले बढेर ७३ करोड १४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा १२० दशमलव १८ प्रतिशतले बढेर ४६ करोड ९५ लाख रुपैयाँ पुर्याएको छ । बैंकले १ करोड ४१ लाख रुपैयाँ प्रोभिजन राखेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १ सय दशमलव ४४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ३९ गुणा, प्रतिशेयर नेटवर्थ २ सय ३३ दशमलव २० रुपैयाँ र तरलता अनुपात २३ दशमलव ५८ प्रतिशत रहेको छ । निष्कृय कर्जा शुन्य दशमलव २६ प्रतिशत र ११ दशमलव ८३ प्रतिशत रहेको छ ।

प्रकाशित : २६ माघ २०७३, बुधबार ०५:२५