शुक्रबारदेखि सनराइज बैंक र एनआईडिसि क्यापिटलको एकीकृत कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शुक्रबारदेखि सनराइज बैंक र एनआईडिसि क्यापिटलको एकीकृत कारोबार



काठमाडौं, २६ माघ । एन.आई.डी.सी क्यापिटल मार्केट्स लिमिटेडलाई खरिद गरेको सनराइज बैंक लिमिटेड को शुक्रबारदेखि एकीकृत कारोबार गर्ने भएको छ । बैंकले क्यापिटललाई खरिद गर्ने सम्बन्धमा दुवै संस्थाको पुस २५ छुट्टाछुट्टै बसेको विशेष साधारणसभाले पारित गरेको थियो ।

सनराईजले एनआईडिसीलाई प्राप्ति गर्ने दुई संस्थाको उक्त निर्णयलाई नेपाल राष्ट्र बैंकले यही माघ १३ गत अन्तिम स्वीकृत दिएको थियो । त्यस्तै उद्योग मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्टारको कार्यालयले यही माघ २४ गते एनआईडीसीको सम्पूर्ण सम्पत्ति तथा दायित्व सनराईज बैंकको हुने गरी स्वीकृत प्रदान गरेको थियो ।

केही महिनाअघि नारायणी नेशनल फाईनान्सलाई आफुमा मिलाएको सनराईजले सामुहिक लगानी कोष र धितोपत्र सम्बन्धी कारोबार गर्न सहज हुने गरी एनआईडीसीलाई किन्ने सम्झौता गरेको थियो ।

एन.आइ.डि.सी. क्यापिटल मार्केट्स लि.ले प्रारम्भ देखि ए.सि.एम. मर्चेण्ट बैंकिंग लि. स्थापना गरी सफलतापूर्वक मर्चेण्ट बैंकिंग कारोवार गरी आएको संस्था रहेको छ । उक्त मर्चेण्ट बैंकिंग नेपालमा पहिलो पल्ट म्युचियअ फण्ड संचालन गर्ने संस्था हो ।

प्रकाशित : २६ माघ २०७३, बुधबार १०:०२