मनकामना केबलकार बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मनकामना केबलकार बन्द हुने



काठमाडौं, २६ माघ  । मनकामना केबलकार भोली अर्थात् बिहिबार बन्द हुने भएको छ । मनकामना दर्शन प्रलिले नियमित मर्मत सम्हारको लागि भन्दै बिहिबार केबलकार बन्द गर्न लागेको जनाएको हो ।

उक्त अवधिभर कुरिनटार स्थित केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट दि मनकामना क्याफे भने यथावत सञ्चालन हुने कम्पनीले जनाएको छ । पैदल यात्राबाट मनकामना पुग्न चाहनेलाई भने केबलबार बन्दले कुनै असर पर्नेछैन ।

मनकामनाले केबल कार चढ्ने नेपाली तथा भारतीयबाट प्रतिव्यक्ति ५ सय ७५ रुपैयाँ तथा अन्य विदेसीबाट २० अमेरिकी डलर शुल्क लिने गर्दछ । वर्षमा झण्डै १० लाखले मनकामना केबलकार चढ्ने गरेका छन् ।

प्रकाशित : २६ माघ २०७३, बुधबार १०:०५