सेयर बजार झर्दो गतिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेयर बजार झर्दो गतिमा



काठमाडौँ २६ माघ । लगातार ओरालो लागेको सेयर बजार बुधबार पनि ओरालो लाग्नेक्रम जारी रह्यो । वित्त बजारमा तरलता संकट ,व्याजदरमा बृद्धि जस्ता कारणले बजार ओरालो लाग्नेक्रमलाई टेवा मिलेको छ । बुधबार कारोबारमा आएका १३७ कम्पनीको ३४ करोड ५७ लाख  १७ हजार ९ सय चालिस रुपैयाको सेयर कारोबार भएको छ ।

कारोबार रकमममा समेत गिरावट आएको नेप्से परिसुचकको सबै समुह राताम्मे छन् । आज सबैभन्दा बढी इन्स्योरेन्स समुहमा १७९ दशमलव ०९ अंकले गिरावट आएको छ । त्यस्तै होटल समुहले ४४ दशमलव ३९ अंकले ओरालो लागेको छ भने विकास बैंक २०.६४,जलविद्युत २० दशमलव ७२ अंकले झरेको छ ।  आज बजार २१ दशमलव ६२ अंकले झरेर १३२२ विन्दुमा आएर आजको कारोबार बन्द भएको छ ।

प्रकाशित : २६ माघ २०७३, बुधबार १०:३४