यस्तो छ स्मार्टफोन तात्ने कारण ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्तो छ स्मार्टफोन तात्ने कारण ?



काठमाडौँ २६ माघ। यसको उत्तर सामान्य छ । भौतिक बिज्ञानलाई आधार मान्दा चलायमान हुँदा ताप उत्पन्न हुन्छ । हाम्रो स्मार्टफोनले पनि भौतिक रुपमा काम गरिरहेको हुन्छ र यसले निश्चय नै ताप उत्पन्न गर्छ । तपाईंको स्मार्टफोनले उत्पन्न गर्ने तापको मात्रा त्यसले खर्च गर्ने बिजुलीको मात्रासँग अनुपातिक हुन्छ ।

यदि तपाईंले स्मार्टफोनमा गेम खेलिरहनु भएको छ भने यसका लागि सेन्ट्रल र ग्राफिक्स प्रोसेसिङ युनिटको सक्रियता आवश्यक हुन्छ । दुवै केन्द्रीय चिप्समा (एसओसी) सम्बन्धित हुन्छन् । त्यसले ताप पैदा गर्छ । स्वभाविक रुपमा कार्यसञ्चालन गर्न यसलाई धेरै शक्तिको आवश्यक पर्छ ।

तपाईंको फोन हल्का तातो हुँदा आत्तिनुपर्ने केहि छैन, तिनीहरुको कार्यसञ्चालन नै त्यसैगरी डिनाइन् गरिएको हुन्छ । तर, अस्वाभाविक रुपमा बढी तातो भएभने चाहीँ त्यो चिन्ताको कारण बन्नसक्छ ।

प्रकाशित : २६ माघ २०७३, बुधबार १५:४३