कुमारी बैंकको मुनाफा ३३ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कुमारी बैंकको मुनाफा ३३ प्रतिशतले बढ्यो



काठमाडौं, २७ माघ । २ अर्ब ६९ करोड चुक्ता पुँजी भएको कुमारी बैंक लिमिटडले दोस्रो त्रैमासमा खुद मुनाफा २७ करोड ९३ लाख रुपैयाँ कमाएको छ जुन गत बर्षको तुलनाभन्दा ३२ दशमलव ९० प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो बर्षको सोही अवधिमा मुनाफा २१ करोड १ लाख रुपैयाँ कमाएको थियो ।

बैंकको निक्षेपमा १५ दशमलब ६८ प्रतिशतले वृद्धि गरी ३९ अर्ब ९४ करोड ६३ लाख रुपैयाँ संकलन गरेर कर्जामा ३३ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा १९ दशमलव ६१ प्रतिशतले बढेर ५५ करोड ५० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २१ दशमलव ६९ प्रतिशतले बढेर ३५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ९ करोड ७८ लाख रुपैयाँ राखेको छ भने ७ करोड ५२ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

कुमारी बैंकको प्रति शेयर आम्दानी २७ दशमलव ९५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ९३ गुणा, प्रति शेयर नेटवर्थ रु १ सय ६० दशमलव ८९ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ७४ प्रतिशत रहेको छ ।

बैंकको निस्कृय कर्जा १ दशमलव ४१ प्रतिशतले घटेर १ दशमलव १४ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पत्ति शुन्य ०३ प्रतिशतले घटेर ११ दशमलव ४७ प्रतिशत रहेको छ ।

प्रकाशित : २७ माघ २०७३, बिहीबार ०४:३३