स्ट्याण्डर्ड चार्टर्डको प्रगति अोरालोमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्ट्याण्डर्ड चार्टर्डको प्रगति अोरालोमा



काठमाडौं, २७ माघ  । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले दोसो त्रैमासमा खुद मुनाफा ७४ करोड १ लाख रुपैयाँ कमाएको छ ।  गत वर्षको तुलनाभन्दा २० दशमलव ९३ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा नाफा ६१ करोड २० लाख रुपैयाँ कमाएको थियो ।

३ अर्ब ७४ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ७ दशमलव ०९ प्रतिशतले वृद्धि गरी ६१ अर्ब ९८ करोड ६१ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्र्जामा ३५ अर्ब १० करोड ६९ लाख रुपैयाँ लगानीे गरेको छ जुन गत वर्षको तुलनामा ३६ दशमलव २१ प्रतिशतले बढेको छ । बैंकको खुद व्याज आम्दानीमा २२ दशमलव ५९ प्रतिशतले बढेर १ अर्ब ४ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफामा २७ दशमलव ५६ प्रतिशतले बढेर १ अर्ब १२ करोड २ लाख रुपैयाँ रहेको छ । बैंकको प्रोभिजन ७ करोड ५० लाख रुपैयाँ राखिएको छ भने ३ करोड ३६ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

बैंकको प्रति शेयर आम्दानी (वार्षिक) ३९ दशमलव ४८ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात (वार्षिक) ५० दशमलव ६१ गुणा, प्रति शेयर नेटवर्थ २ सय २० दशमलब ३९ रुपैयाँ रहेको छ ।

जोखिम युत्त सम्पति १ दशमलव ९७ प्रतिशतले बढेर १७ दशमलव ८२ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव १५ प्रतिशतले घटेर शुन्य दशमलव २६ प्रतिशत रहेको छ ।

प्रकाशित : २७ माघ २०७३, बिहीबार ०५:३३