कृषि विकासको साढे १९ लाख कित्ता सेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कृषि विकासको साढे १९ लाख कित्ता सेयर लिलामीमा



 काठमाडौ २७ माघ । कृषि विकास बैंकले आजबाट १९ लाख ६८ हजार कित्ता साधारण सेयर लिलामीमा राखेको छ । बैंकले हकप्रद जारी गर्दा नबिकेको सेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो ।

बैंकले फागुन १२ गतेसम्मको समयसीमा दिएर सेयर लिलामीमा राखेको हो । उक्त सेयर बोलकबोल न्युनतम १ सय कित्तादेखि बढिमा १० हजार कित्तासम्म गर्न खरिद गर्न सक्नेछन् । सेयर खरिदका लागि विक्री प्रबन्धक एस क्यापिटलमार्फत आवेदन दिनुपर्नेछ ।

बैंकले गत कात्तिकमा १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला गरेको थियो । सोमध्ये आवेदन नपरेको १९ लाख ६८ हजार ५ सय ७५ कित्ता सेयर लिलामी गर्न लागेको हो ।

प्रकाशित : २७ माघ २०७३, बिहीबार ०७:४२