फागुनदेखि चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फागुनदेखि चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट



काठमाडौ, २७ माघ । चन्द्रागिरि हिल्स लिमिटद्धारा प्रवद्र्धित चन्द्रागिरि केबलकारले आउँदो फागुन महिनाभारि सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला आउने दुई सय दर्शनार्थीका लागि टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

यो सुविधा लिने यात्रुले अन्य छुट सुविधा नपाउने कम्पनीको भनाई छ । सुविधाको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ । एकजना यात्रुले एउटा मात्र टिकट लिन सक्ने र लिइएको टिकट सोही दिनका लागि मात्र मान्य हुने जनाइएको छ ।

चन्द्रागिरि हिल्सले चन्द्रागिरि केबलकार चढेर घुम्न आउने पर्यटकहरुको लागि निःशुल्क बस सेवाको व्यवस्था गरेको छ । बसहरु प्रत्येक दिन बिहान साढे सात बजे महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने जनाइएको छ ।

प्रकाशित : २७ माघ २०७३, बिहीबार ०९:२४