सनराइज नाफा लोभ लाग्दो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइज नाफा लोभ लाग्दो



काठमाडाै २८ माघ । सनराइज बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ लोभलाग्दो प्रगति गरेको छ ।

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ३६ करोड ३९ लाख रुपैयाँ रहेको खूद नाफा बढेर यो वर्ष ६० करोड ९७ लाखको उचाईमा पुगेको हो ।

बैंकले व्यवसाय बिस्तारमा विशेष ध्यान दिएका कारण खूूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति भएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ६४ करोड ७९ लाख रुपैयाँमा सीमित खूद ब्याज आम्दानीमा ७० प्रतिशत भन्दा बढीले वृद्धि गरी १ अर्ब १० करोड ३१ लाखको उचाईमा पुर्याएको छ।

यो अवधिमा बैंकले ५७ अर्ब ३० करोड निक्षेप संकलन गरी ४९ अर्ब २२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ३७ अर्र्ब २२ करोड निक्षेप संकलन गरी ३१ अर्ब ८ करोड कर्जा परिचालन भएको थियो ।

बैंकको संचालन मुनाफातर्फको बढोत्तरी अझ लोभलाग्दो छ । यस्तो नाफामा १०२ प्रतिशत भन्दा बढीले वृद्धि गरी गत वर्षको ४० करोड ५० लाखबाट ८२ करोड ५ लाखको उचाईमा पुुर्याइएको छ । बैंकले प्रोभिजनमा १९ करोड १२ लाख रुपैयाँ राखेको छ भने यो अवधिमा खराबकर्जा ११ करोड ३३ लाख रुपैयाँ उठाएको छ ।

बैंकले अघिल्लो वर्षको दोश्रो त्रैमासमा २.३० प्रतिशत रहेको निस्क्रिय कर्जा अनुपात घटाएर यो वर्ष सोही अवधिमा १.४० प्रतिशतमा झारेको छ ।

दोश्रो त्रैमाससम्म यो बैंकको चुक्तापुँजी ५ अर्ब ३० करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ४५ करोड राखिएको छ । यो बैंकले एनआईडिसी क्यापिटललाई अक्वायर गर्दैछ । त्यसपछि कायम हुने चुक्तापूँजीमा ३० प्रतिशत हकप्रद दिने घोषणा भएका कारण त्यो हकप्रद जारी भएपछि यो बैंकको चुक्तापूँजी ७ अर्ब ९ करोड बढी पुुग्नेछ ।

दोश्रो त्रैमाससम्मको बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी २३ रुपैयाँ, प्रति सेयर नेटवर्थ १२७ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात २१.३९ गुणा कायम भएको छ ।

प्रकाशित : २८ माघ २०७३, शुक्रबार ०४:२६