अमेरिकी संसदमा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अमेरिकी संसदमा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक



काठमाडौं  २८ माघ। अमेरिकी संसदमा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक पेश भएको छ ।  यो विधेयक  ट्रम्प सरकारले नभई रिपब्लिकन सिनेटरले  प्रस्ताव गरेका हुन् । टोम कटन र डेभिड पर्डिउले प्रस्ताव गरेको विधेयकमा डिभी चिठ्ठा बन्द गर्नुका साथै फेमेली कोटामा भारी कटौती गर्ने उल्लेख छ ।यो विधेयक पास भएमा नेपालीहरु पनि प्रभावित हुनेछन् ।

डिभी चिठ्ठा कार्यक्रम अन्तर्गर्त हरेक वर्ष ५० हजार अमेरिका जाने गरेका थिए । यस्तै फेमेली कोटा अन्तर्गर्त अमेरिकामा गि्रनकोर्ड होल्डरले आफ्नो दाजुभाइ दिदी बहिनी र आमाबुबालाई अमेरिकी नागरिक बनाउन सिफारिस गर्न सक्नछन् ।

प्रकाशित : २८ माघ २०७३, शुक्रबार ०५:२६