भ्यालेनटाइनको अवसरमा बिजी मलमा ‘विग डिस्काउन्ट विन्टर सेल’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भ्यालेनटाइनको अवसरमा बिजी मलमा ‘विग डिस्काउन्ट विन्टर सेल’



काठमाडाै २८ माघ । गोगंबुस्थित नयाँ बसपार्कमा सञ्चालनमा आएको बिजी मलमा ‘विग डिस्काउन्ट विन्टर सेल’ योजना सुरु भएको छ । १७ दिने यो योजना अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवामा ५० प्रतिशतसम्म छुट पाउने कम्पनी जनाएको छ ।

ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै मलले प्रणय दिवस अर्थात भ्यालेनटाइनको सन्दर्भ पारेर ‘विग डिस्काउन्ट विन्टर सेल’ योजना संचालनमा ल्याएको जानकारी दिएको छ ।

यो योजना फ्रेबरी १० देखी २७ सम्म संचालनमा आउनेछ । जसमा ग्राहकहरुले दैनिक रुपमा आश्चर्यजनक उपहार समेत प्राप्त गर्न सक्ने मलका निर्देशक राजु गिरीले बताए ।

योजना अवधिभर ग्राहकहरुले भ्यालेनटाइन डेकोरको साथमा सपिङको आनन्द लिन सक्नेछन् भने निशुल्क फेस पेन्टिङ, जोडि फोटो सुट समेत गराउन सक्ने कार्यक्रम संयोजक हिरामणी तिमल्सिनाले जानकारी दिए ।

मलले यसअवधिमा विभिन्न घरायसी विद्युतीय सामग्री, मोबाइल, लत्ता कपडा, जुत्ता चप्पल, खेलौना, श्रृंगार तथा सौन्दर्य सामग्री लगायत मलमा उपलब्ध विभिन्न सामाग्रीमा आर्कषक छुटको व्यवस्था समेत गरेको छ । ग्राहकले पचास प्रतिशत छुटसम्म किनमेल गर्नसक्ने तिमल्सिनाले बताए ।

मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा रहेका छन् ।

साथै ‘विग डिस्काउन्ट विन्टर सेल’ योजना अवधिभर विभिन्न समूहले मनोरञ्जनात्मक तथा सांगेतिक कार्यक्रमहरु समेत प्रस्तुत गर्नेछन ।

प्रकाशित : २८ माघ २०७३, शुक्रबार १२:४३