सिद्धार्थ इन्स्योरेन्सको यस्तो छ प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ इन्स्योरेन्सको यस्तो छ प्रगति



काठमाडौं, २८ माघ  । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासमा खुद मुनाफा ३६ दशमलव ९२ प्रतिशतले वृद्धि गरी ८ करोड ३३ लाख रुपैयाँ कमाउन सफल भएको छ । कम्पनीले गत वर्षको सोहि अवधिमा कम्पनीले ६ करोड ८ लाख रुपैयाँ कमाएको थियो ।

३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडकोषमा १८ करोड २८ लाख रुपैयाँ र बीमाकोषमा ३४ करोड ४४ लाख रुपैयाँ राखिएको छ । जसको आम्दानीमा ३७ दशमलव ८३ प्रतिशतले वृद्धि गरी १३ करोड ९१ लाख रुपैयाँ पुर्याएको छ भने खर्चमा ३९ दशमलव १९ प्रतिशतले वृद्धि गरी ५ करोड ५६ लाख रुपैयाँ रहेको छ । कम्पनीको बीमा शुल्क खुद ३८ दशमलब २३ प्रतिशतले वृद्धि गरी ३९ करोड ८३ लाख रुपैयाँ रहेको छ भने दाबी भुक्तानी खुदमा ३३ दशमलब प्रतिशतले वृद्धि गरी १४ करोड २७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको जारी बीमालेखको संख्या ५८ हजार ६ सय ९९ वटा रहेको छ भने कुल दाबी भुक्तानी संख्या २ हजार १ सय ५ वटा रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २४ दशमलव १८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५४ दशमलव ५५ गुणा र प्रतिशेयर नेटवर्थ २ सय ६७ दशमलव १८ रुपैयाँ रहेको छ ।

प्रकाशित : २९ माघ २०७३, शनिबार ०९:३४