लन्डन सबैभन्दा महँगो सहर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लन्डन सबैभन्दा महँगो सहर



एजेन्सी । वसोवास र रोजगारीका लागि लन्डन विश्वकै महँगो सहर बनेको छ । यसअघि हङकङ रोजगारी र बसोवासका लागि सबैभन्दा महँगो सहर रहेको थियो । पाँच वर्षको अवधिमा लन्डन सबैभन्दा महँगो सहरका रूपमा स्थापित भएको हो । तेस्रो महँगो सहरमा न्युयोर्क र चौथोमा पेरिस रहेको छ । यी चारवटै सहरमा कर्मचारीको आवास र कार्यालयको लागत प्रतिवर्ष एक लाख अमेरिकी डलरभन्दा बढी पर्छ । यसपछिका महँगा सहरमा क्रमशः टोकियो, सिंगापुर, मस्को, सिड्नी, दुबई, साङ्घाई, रियो दी जेनेरियो र मुम्बई आएका छन् । सेभिल्स वल्र्ड रिसर्चले सन् २००८ देखि विश्वका १२ वटा महँगा सहरको सूची प्रकाशन गर्न थालेको हो ।

यसअघि सन् २००८ मा लन्डन विश्वको पाँचौं महँगो सहरमा पर्दथ्यो । सन् २००८ मा दोस्रो स्थानमा रहेको पेरिस अहिले चौथो स्थानमा, तेस्रो स्थानमा रहेको टोकियो अहिले पाँचौं स्थानमा पुगेको छ । उक्त अध्ययनका अनुसार लन्डनमा बसोवास गर्नका लागि प्रतिव्यक्ति प्रतिवर्ष १ लाख २० हजार ५ सय ६८ अमेरिकी डलर बराबर खर्च चाहिन्छ ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईसी) ले कस्ट अफ लिभिङका आधारमा गरेको पछिल्लो अनुसन्धानअनुसार भने २०१४ मा संसारका १० मह“गा सहरहरूको सूचीमा क्रमशः सिंगापुर, पेरिस (फ्रान्स), ओस्लो (नर्वे), जुरिक (स्विटजरल्यान्ड), सिड्नी (अस्टे«लिया), क्याराकस (भेनेजुएला), जेनेभा (स्विटजरल्याण्ड), मेलबर्न (अस्टे«लिया), टोक्यो (जापान) र कोपेन्हगेन (डेनमार्क) रहेका छन् । ईआईसीको रिसर्चमा समावेश संसारका १३१ सहरहरूमध्येमा सिरियाको दमास्कससँगै नेपालको काठमाडौं (१२७) चौथो सबैभन्दा सस्तो सहरमा परेको छ । काठमाडौंभन्दा सस्ता सहरहरूमा भारतको नयाँ दिल्ली (१२९), पाकिस्तानको कराँची (१३०) र भारतकै मुम्बई (१३१) रहेका छन् ।

प्रकाशित : २९ माघ २०७३, शनिबार ०९:४८