सिभिल बैंकले कमायो १६ करोडमाथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिभिल बैंकले कमायो १६ करोडमाथि



काठमाडौं, १ फागुन  । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासमा खुद मुनाफा १६ करोड ७३ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन गत वर्षको तुलनाभन्दा ७ दशमलव ०३ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १५ करोड ६३ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

४ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब ४२ करोड ८० लाख रुपैयाँ राखेको छ । निक्षेपमा २२ दशमलब ३७ प्रतिशतले वृद्धि गरी ३२ अर्ब ९३ करोड ४९ लाख रुपैयाँको संकलन गरेको छ । जसबाट बैंकले कर्जा लगानीमा २८ प्रतिशत वृद्धि गरी २९ अर्ब ५० करोड ५० लाख रुपैयाँ पुर्याएको छ । त्यसैगरी खुद व्याज आम्दानी ५० दशमलव ५१ प्रतिशतले बढेर ५४ करोड ९३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफमा ९९ प्रतिशतले घटेर २ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ४३ करोड १७ लाख रुपैयाँ राखेको छ भने २६ करोड २७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

बैंकको प्रति शेयर आम्दानी ७ दशमलव ३२ रुपैयाँ, मूल्य आम्दानी ३४ दशमलव ४२ गुणा, प्रति शेयर नेटवर्थ १ सय ३१ दशमलव १५ रुपैयाँ र तरलता अनुपात २४ दशमलव ६४ प्रतिशत रहेको छ ।

बैंकको निष्कृय कर्जा २ दशमलव ३१ प्रतिशतले बढेर ४ दशमलव ४५ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पति ४ दशमलव ५८ प्रतिशतले बढेर १७ दशमलव ७४ प्रतिशत रहेको छ ।

प्रकाशित : १ फाल्गुन २०७३, आईतवार ०५:११