६ महिनामा एनएमबी बैंकले कति कमायो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

६ महिनामा एनएमबी बैंकले कति कमायो ?



काठमाडाै १ फागुन । एनएमबी बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिना अर्थात पुषमसान्तसम्ममा ७० करोड १० लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६६ प्रतिशतले बढी हो । बैंकले गत वर्ष ४२ करोड १२ लाख रुपैयाँ मात्रै नाफा गर्न सकेको थियो ।

बैंकले नियमित कारोबारबाटै आम्दानी बढाएको हो । बैंकको ब्याज आम्दानी तथा संचालन मुनाफामा गतबर्षको यसैअवधिको तुलनामा उल्लेखीय सुधार देखिएको छ ।बैंकले यस अवधिमा खुद ब्याज आम्दानीबाटै १ अर्ब २६ करोड रुपैयाँ कमाएको छ ।

बैंकको चुक्ता पूँजी ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ भने ४ अर्ब ५४ करोड जगेडाकोषमा राखेको छ । बैंकको प्रति सेयर आम्दानी २८ रुपैंयाँ ३१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १८३ रुपैंयाँ ६९ पैसा छ ।

बैंकको खराब कर्जा अनुपात १ दशमलव ८९ प्रतिशत रहेको छ । यसअवधिमा बैंकले २२ करोड ६६ लाख रुपैयाँ बराबरको खराब कर्जा उठाएको छ भने सम्भावित जोखिममा २७ करोड रुपैयाँ राखेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७७ दशमलव ६४ प्रतिशत रहेको छ ।

प्रकाशित : १ फाल्गुन २०७३, आईतवार ०८:१९