यस्तो छ राष्ट्रिय सहकारी बैंकको प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्तो छ राष्ट्रिय सहकारी बैंकको प्रगति



काठमाडौं, १ फागुन  । राष्ट्रिय सहकारी बैंक लिमिटेडको दोस्रो त्रैमासमा खुद मुनाफा ३५५ दशमलब ०५ प्रतिशतले बृद्धि भई ९ करोड ८५ लाख रुपैयाँ कमाउन सफल भएको छ भने अघिल्लो बर्षको सोहि अवधिमा २ करोड १६ लाख रुपैयाँको खुद नोक्सानी रहेकोे थियो ।

बैंकले गत आर्थिक बर्षको दोस्रो त्रैमास को तुलनामा आफ्नो प्रोभिजन बढाएर १४ करोड १७ लाख रुपैयाँ राखेको छ । यो त्रैमासमा भने बैंकले १० करोड ६ लाख रुपैयाँ बराबरको खराब कर्जा उठाएको छ ।

बैंकले निक्षेपमा शून्यदशमलव ५३ प्रतिशतले वृद्धि गरी ९ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ संकलन गरेर कर्जामा ७ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ । खुद ब्याज आम्दानीमा ६८ दशमलव ४५ प्रतिशतले बढेर २२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफामा १४७ दशमलब ६७ प्रतिशतले वृद्धि भई ३ करोड ३४ लाख रुपैया रहेको छ ।

बैंकले गत आर्थिक बर्षको दोस्रो त्रैमास को तुलनामा आफ्नो प्रोभिजन बढाएर १४ करोड १७ लाख रुपैयाँ राखेको छ । यो त्रैमासमा भने बैंकले १० करोड ६ लाख रुपैयाँ बराबरको खराब कर्जा उठाएको छ ।

बैंकको निष्कृय कर्जा २ दशमलव ६६ प्रतिशत मा आएको छ र सीडी रेसिओ ७९ दशमलव ८५ प्रतिशत रहेको छ ।

प्रकाशित : १ फाल्गुन २०७३, आईतवार ०८:५८