प्यासिफकलाई एक्विजिसन गरि ग्लोबल आइएमईको एकिकृत कारोबार आरम्भ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्यासिफकलाई एक्विजिसन गरि ग्लोबल आइएमईको एकिकृत कारोबार आरम्भ



काठमाडौं १ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले प्यासिफक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती (एक्विजिसन) गरी एकिकृत कारोबारको आरम्भ भएको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको उद्घाटन गरेका हुन् । लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाई विकास बैंकको रुपमा विगत ७ वर्षदेखि कारोबार गर्दै आईरहेको प्यासिफिक डेभलपमेन्ट बैंकको कूल चुँक्ता पूँजी १३ करोड २९ लख रहेको थियो ।

प्यासिफिक डेभलोपमेन्ट बैंकलाई ग्लोवब अइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुँक्ता पूँजी रु ७ अर्ब २४ करोड, कुल निक्षेप रु ८५ अर्ब, कर्जा लगानी ७२ अर्ब ८८ करोड र ९४ वटा शाखा कार्यलय पुगेका छन् ।

ग्लोवल आइएमई बैंकले यस अघि कर्मज एण्ड ट्रष्ट बैंक, आइएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलेपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससँग मर्जर भइसकेको छ ।

प्रकाशित : १ फाल्गुन २०७३, आईतवार १५:१२