भिबोरका सीइओलाई ‘मेनेजर टुु वाच’को सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भिबोरका सीइओलाई ‘मेनेजर टुु वाच’को सम्मान



काठमाडौं १ फागुन । धरापमा परेको तत्कालीन भिबोर बैंकलाई सोसाइटी डेभलपमेन्ट बैंकसँग मर्ज गरी कुशल व्यवस्थापकको परिचय दिएका भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) झलकप्रसाद खनाल ‘मेनेजर टु वाच–२०१६’ को उपाधिबाट सम्मानित भएका छन् ।

नेपाल व्यवस्थापन संघको राजधानीमा सम्पन्न ३६औं साधारण सभाको अवसरमा प्रतिकूल परिस्थितिमा पनि कुशल व्यवस्थापन गरी बैंकलाई सफल मार्गमा डोहोर्याउन महत्वपूर्ण भूमिका खेलेको सीइओ खनाललाई सो उपाधिबाट सम्मान गरिएको हो ।

प्रधानमन्त्री पुुष्पकमल दाहालले नेपाल व्यवस्थापन संघको तर्फबाट खनाललाई सम्मान गरेका थिए। यसअघि खनाललाई लण्डनको अक्सफोर्डमा आयोजित विशेष समारोहका बीच यूरोप विजिनेश एसेम्ब्लीले समेत विशेष अवार्डबाट सम्मान गरेको थियो ।

प्रकाशित : १ फाल्गुन २०७३, आईतवार १५:३१