टोरेन्टबाट फिल्म हेर्नु हुन्छ ? पाइरेसीमाथि यसरी लाग्दै छ लगाम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

टोरेन्टबाट फिल्म हेर्नु हुन्छ ? पाइरेसीमाथि यसरी लाग्दै छ लगाम



पाइरेसीमाथि लगाम लगाउने विषयमा सबैभन्दा ठूलो इन्टरनेट सर्च इन्जिन गुगललगायतका सर्च इन्जिनहरुले कम्मर कसेका छन् ।

मनोरञ्जन कम्पनीहरुसँग सर्च इन्जिन कम्पनीहरुले एक नयाँ नियमका विषयमा छलफल गरिरहेका छन्, जसका माध्यमबाट पाइरेसी गरिएका सामाग्रीहरु सर्च इन्जिनमा खोज्दा कम भेटियून् ।

फलतः पाइरेटेड साइटहरुबाट मूभी डाउनलोड गर्ने बानी परेकाहरुलाई अब टोरेन्ट फेला पार्न निकै कठीन हुने हुनेछ । स्मरण रहोस्, इन्टरनेट पाइरेसीमा सबैभन्दा बढी सर्च इन्जिनहरुलाई दोषी देखाइने गरिएको छ ।

कपीराइट किनेका बौद्धिक सम्पत्ति धनीहरुका लागि यस्ता सर्च इन्जिनहरुमा देखिने परिणामसँग जुध्नु निकै मुस्किल हुने गरेको छ ।

टोरेन्ट फ्रेक्सका अनुसार बेलायत सरकार अहिले गुगल तथा मनोरञ्जन जगतका प्रतिनिधिहरुलाई एकसाथ लिएर समस्याको समाधानका विषयमा विचार गरिरहेको छ । कम्पनीहरु पनि आआफ्नो स्तरमा सम्झौता गर्न आतूर छन् ।
द इण्डिपेन्डेन्ट

प्रकाशित : २ फाल्गुन २०७३, सोमबार ०४:३४