नेशनल इन्स्योरेन्स कम्पनीको नाफा ८ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेशनल इन्स्योरेन्स कम्पनीको नाफा ८ करोड



काठमाडौं, २ फागुन ।  निर्जीवन बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीे ले चालु आ.व. २०७३/७४ को दोस्रो त्रैमासमा खुद मुनाफा ८ करोड ५१ लाख रुपैयाँ कमाएको छ । गत आवको सोहि अवधिमा कम्पनीले ३६ करोड ३० लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

कम्पनीको जगेडा तथा कोषमा ५ करोड ६० लाख रुपैयाँ नेगेटिभमा राखिएको भने बीमा कोषमा ८२ करोड ९ लाख रुपैयाँ राखिएको छ । यसको आम्दानी ९ करोड ६३ लाख रुपैयाँ पुगेको छ भने खर्च १ करोड १२ लाख रुपैयाँ रहेको छ । कम्पनीले यस अबधीमा बीमा शुल्क (खुद) ३८ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३४ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क (खुद) आर्जन गरेको थियो ।

कम्पनीले यस अबधीमा २५ करोड ५७ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ भने गत आव वर्षको सोहि अवधिमा ४३ करोड १६ लाख रुपैयाँ रहेको थियो । कम्पनीले यस अबधीमा १३ हजार ८ सय ४० वटा (संख्या) बीमा लेख जारी गरेको छ भने जुन गत वर्षको सोहि अवधिमा भन्दा बढी हो । कम्पनीले यस अबधीमा १ हजार १ सय ४६ वटा (संख्या) भुक्तानी दाबी गरेको छ ।

प्रकाशित : २ फाल्गुन २०७३, सोमबार ०५:२०