सिटी एक्सप्रेससँग क्यास एक्सप्रेसको सहकार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

English

सिटी एक्सप्रेससँग क्यास एक्सप्रेसको सहकार्य



काठमाडाै २ फागुन । यूनाइटेड अरब एमिरेट्सस्थित अल अन्सारी एक्चेञ्च(क्याश एक्स्प्रेश) र सिटी एक्स्प्रेस मनी ट्रान्सफर, नेपालले फेबु्रअरी २०१७ देखि सहकार्यमा सेवा प्रदान गर्ने सहमति गरेका छन् ।

सहमतिले अल अन्सारी एक्स्चेञ्जको नेपालमा सिटी एक्स्प्रेशको सबै पेइङ् लोकेशन मार्फत सञ्जाल बृद्धि भएको छ । साथै, अहिले नै नेपालका धेरैजसो प्रमुख रेमिट्यान्स करिडोरहरुमा सिटी एक्स्प्रेसको बलियो उपस्थितिलाई थप सुदृढ बनाउन समेत सहयोग मिल्नेछ ।

‘अल अन्सारी (क्साश एक्स्प्रेश) विदेशबाट नगद पठाउने तथा नेपालमा प्राप्त गर्ने सबै नेपाली उपभोक्तालाई सहज र सुलभ सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको छ’ अन्सारी एक्स्चेञ्जका महाप्रबन्धक रिशिद अल अन्सारीले भने–‘सिटी एक्स्प्रेससँगको यो सहकार्यले हाम्रा नेपाली उपभोक्तालाई छनोटका थप अवसरका साथै थप कार्य समय समेत उपलब्ध हुनेछ ।’ यो सहकार्यले विशेष गरी यूएई र कुवेतबाट हुने ट्रान्सफरमा थप सहजता मिल्ने उनले बताए ।

‘यूएई, कुवेत, जोर्डन लगायत विश्वभर बलियो सञ्जाल रहेको यूएईकै सर्वाधिक ठूलो मनि ट्रान्सफर अल अन्सारी एक्स्चेञ्ज(क्याश एक्स्प्रेश)सँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौँ’ सिटी एक्स्प्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भने–‘यो सहकार्यले नेपालमा मनि ट्रान्सफर सेवा थप सुदृढ गर्दै उपभोक्तालाई ५ हजारभन्दा बढी स्थानबाट सेवा उपलब्ध भई उत्कृष्ट सेवा प्रदान गर्न सहयोग मिल्नेछ ।’

मनि सर्भिस विजनेश(एमएसबी)का लागि पूर्ण लाइसेन्स प्राप्त अल अन्सारी एक्स्चेञ्ज, सेन्ट्रल बैंक अफ यूएईबाट नियमन गरिएको कम्पनी हो । ६० बर्ष भन्दा लामो समयदेखि एकल तथा ब्यवसायिक उपभोक्तालाई कुनै पनि समयमा जहाँ पनि एक्स्चेञ्ज सेवा उपलब्ध गराइरहेको अल अन्सारी यूएईकै सर्वोत्कृष्ट तथा नवप्रबर्तनात्मक मनि सर्भिस विजनेश हो ।

यस्तै, सुगमदेखि विकट हरेक क्षेत्रमा छरिएर रहेका नेपाली उपभोक्तालाई मनि ट्रान्सफर सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेस मनि ट्रान्सफर नेपालमा आधारित कम्पनी हो । सिटी एक्स्प्रेशसँग जापान, साउदी अरेबिया, कतार लगायत विश्वका विभिन्न स्थानमा रेमिट्यान्सका लागि भित्री ब्यवस्था समेत रहेको छ ।

प्रकाशित : २ फाल्गुन २०७३, सोमबार १०:४९