स्ट्याण्डर्ड चाटर्ड बैंकले एफपिओ निष्काशन गर्ने पक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्ट्याण्डर्ड चाटर्ड बैंकले एफपिओ निष्काशन गर्ने पक्का



काठमाडौं,२ फागुन  । स्ट्याण्डर्ड चाटर्ड बैंकले फर्दर पब्लिक अफरिङ (एफपिओ) निष्काशन गर्ने पक्कापक्की भएको छ । बैंकलाई एफपिओ निष्काशनको लागि नियामक निकाय धितोपत्र बोर्डले स्वीकृती दिएको छ ।

बैंकले १०० रुपैंया अंकित मूल्यमा ११ सय ९० रुपैंया प्रिमियम थप गरी १२ सय ९० रुपैंया प्रतिकित्ता एफपिओ निष्काशन गर्न लागेको हो । बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको २५ लाख ५८ हजार १४० कित्ता शेयर निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बोर्डमा आवेदन दिएको १८ दिनको दिन बैंकले शेयर निष्काशनको अनुमति पाएको हो ।

आईपिओबाट संकलन हुने ३ अर्ब ३० करोड रुपैयाँ मध्ये २५ करोड रुपैंया बैंकको चुक्ता पूँजीमा थपिनेछ भने बाँकी ३ अर्ब ५ करोड रुपैंया जगेडा कोषमा सञ्चित हुनेछ ।

प्रकाशित : २ फाल्गुन २०७३, सोमबार १५:४५