अन्तःशुल्क ‘स्टिकर’को हिनामिना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अन्तःशुल्क ‘स्टिकर’को हिनामिना



काठमाडौं। गत बैशाख १२ र २९ गतेको भूकम्पबाट मदिरा उद्योगमा पुगेको क्षतिको मूल्यांकन आन्तरिक राजस्व विभागले मिलेमतोमा गरेको देखिएको छ । भूकम्पपछि विभिन्न सरकारी निकायले आ–आप्mनो मातहतका निजी उद्योगको समेत क्षतिको मूल्यांकन गरेर विवरण निकाल्ने काम गरेको थियो ।


उद्योग÷कलकारखानामा क्षति पुगदा राजस्व समेत गुम्ने भएकाले आन्तरिक राजस्वले समेत मदिरा उद्योगहरुमा पुगेको क्षतिवारे मूल्यांकन गर्न छुट्टै समिति नै गठन गरेको थियो । उक्त समितिले मिलेमतोमा मूल्यांकन गरेर धेरै मदिरा उद्योगमा छुटको नाममा ब्रह्मलुट गरेको देखिएको छ । विभागका उच्च अधिकारी र मदिरा उद्योगका मालिकबीच भएको गोप्य सहमतिअनुसार मूल्यांकन गरेर क्षति धेरै भएको देखाएर छुटको नाममा मिलीजुली खाने कायम भएको हो । आजको आर्थिकबाट ।

प्रकाशित : ६ असार २०७२, आईतवार ०२:३६