जनता बैंकको नाफा ६ महिनामा १६ प्रतिशतले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जनता बैंकको नाफा ६ महिनामा १६ प्रतिशतले बृद्धि



काठमाडौं । जनता बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १६ करोड १३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ८९ प्रतिशतले बढेको छ ।

बैंकले गत वर्षको तुलनामा यो वर्ष २ करोड ३३ लाख रुपैयाँले नाफा बढाउन सफल भएको छ । बैंकको नाफा गत वर्ष १३ करोड ८० लाख रुपैया थियो ।

                   बैंकले गरेको लगानी ३ अर्ब ६७ करोड रुपैयाँ छ ।बैंकको जगेडा कोषमा ३३ करोड २३ लाख रुपैयाँ मात्रै रहेको छ  ।खराब  कर्जा       अनुपात २ दशमलव ५७ प्रतिशत रहेको छ ।

यो बैंकको चुक्ता पूँजी २ अर्ब ३० करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा २५ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरेर २२ अर्ब ९७ करोड रुपैयाँ कर्जा सापटी दिएको छ ।

यो अवधिसम्ममा बैंकले गरेको लगानी ३ अर्ब ६७ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा ३३ करोड २३ लाख रुपैयाँ मात्रै रहेको छ । खराब कर्जा अनुपात २ दशमलव ५७ प्रतिशत रहेको छ ।

यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव ४६ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १३ रुपैंयाँ ९९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ११४ रुपैंयाँ १४ पैसा छ । हाल बजारमा बैंकको प्रतिसेयर ३८७ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ४ फाल्गुन २०७३, बुधबार ०५:२०