नोकिया प्रेमीलाई खुसीको खबर, Nokia 3310 रिलन्च हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नोकिया प्रेमीलाई खुसीको खबर, Nokia 3310 रिलन्च हुँदै



नोकियाले आफ्नो पपुलर रहेको मोवाइल फोन Nokia 3310 लाई रिलन्च गर्ने तयारी गरेको छ ।  आफ्नो बलियोपन र लामो समय सम्म ब्याट्री टिक्नेमा छुट्टै पहिचान बनाएको यो फोनले मोबाइल फोनमा नयाँ युगको सुरुवात गरेको थियो ।  नोकियाले यो मोबाईल फोन ल्याउनु भन्दा अगाडी निकै ठूला फोन मात्रै थिए ।  आज पनि दुनियामा धेरै मानिसहरु यो मोबाइललाई सहज मान्छन ।


Nokia 3310लाई आज भन्दा १७ बर्ष अगाडी २००० मा लन्च गरिएको थियो । कम्पनीले यसकारण पनि रिलन्च गर्ने तयारी गरिरहेको छकी यो फोनलाई सेकेन्डरी फोनको रुपमा प्रयोग गर्न सकियोस् । किनकी जोसंग पहिले नै सर्माट फोन छ , उनिहरुले यो फोनको व्याट्रीको प्रयोग पनि गर्न सकुन । कम्पनीले यसै महिना भित्र यो मोबाइल फोन रिलन्च गर्ने तयारी गरेको हो । एजेन्सी

प्रकाशित : ४ फाल्गुन २०७३, बुधबार ०६:२६