ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नाफा कति? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नाफा कति?



काठमाडौं, ४ फागुन  । निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी ओरिएण्टल इन्स्योरेन्स कम्पनीले चालु आ.व. २०७३/७४ को दोस्रो त्रैमासमा खुद मुनाफा ७ करोड १३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा २७ दशमलव ३१ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ९ करोड ८१ लाख रुपैयाँ कमाएको थियो ।


कम्पनीको जगेडा तथा कोषमा १४ करोेड ८५ लाख रुपैयाँ नेगेटिभमा राखिएको भने बीमा कोषमा ३७ करोड ८ लाख रुपैयाँ राखिएको छ । यसको आम्दानी २७ प्रतिशतले घटेर ८ करोड २३ लाख रुपैयाँ पुगेको छ भने खर्च १७ प्रतिशतले घटेर १ करोड १० लाख रुपैयाँ रहेको छ । कम्पनीले यस अबधीमा बीमा शुल्क (खुद) ३८ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३१ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क (खुद) आर्जन गरेको थियो ।

कम्पनीले यस अबधीमा २१ करोड २३ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ भने गत आव वर्षको सोहि अवधिमा ३९ करोड २९ लाख रुपैयाँ रहेको थियो । कम्पनीले यस अबधीमा ९ हजार ७ सय ५६ वटा (संख्या) बीमा लेख जारी गरेको छ भने जुन गत वर्षको सोहि अवधिमा भन्दा बढी हो । कम्पनीले यस अबधीमा ६ सय ९० वटा (संख्या) भुक्तानी दाबी गरेको छ ।

प्रकाशित : ४ फाल्गुन २०७३, बुधबार ०६:५९