चावहिल र सामाखुसीमा सिद्धार्थ ईन्स्योरेन्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चावहिल र सामाखुसीमा सिद्धार्थ ईन्स्योरेन्स



काठमाडौ ४ फागुन । सिद्धार्थ ईन्स्योरेन्स लि.ले चावहिल र समाखुसीमा आफ्नो शाखा  सञ्चालनमा ल्याएको छ । वीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई र सिद्धार्थ ईन्स्योरेन्स लि.का सञ्चालक समितिका अध्यक्ष मनोज कुमार कोडियाले काठमाडौंको चावहिल तथा सामाखुसीमा सिद्धार्थ ईन्स्योरेन्स लि.को शाखा कार्यालयको छुट्टाछुटै संयुक्त रुपमा समुद्घाटन गरे ।

कार्यक्रमामा अध्यक्ष चापागाईले शाखा कार्यालयको सफल सञ्चालनको लागि शुभकामना दिदै सिद्धार्थ ईन्स्योरेन्सले एघार वर्षको दौरानमा वीमा व्यवसायमा गरेको प्रगति एवम् वीमीतहरुलाई पु¥याएको सेवाको प्रशंसा गर्दै कम्पनीको हरेक सुचकाङ्कहरु सकारात्मक रहेकोे वताए । सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले समुद्घाटन समारोहलाई सफल वनाई दिनु भएकोमा प्रमुख अतिथि लगायत सवैलाई धन्यवाद ज्ञापन गरे ।

कम्पनीका का.मु. महाप्रवन्धक वीरेन्द्र वैदवार क्षेत्रीले अहिले सम्म २९ वटा शाखा सञ्जालद्धारा स्तरिय वीमा सेवा प्रदान गर्दै आएको र यस आ.व.मा देश भरि ४० वटा शाखा पु¥याई सोहि मार्फत वीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए । सो उद्घाटन समारोहमा वीमा समितिका निर्देशक श्रीमान कार्की तथा कम्पनीका सञ्चालक प्रमोद पाण्डेयको उपस्थित रहेकोे थियो ।

प्रकाशित : ४ फाल्गुन २०७३, बुधबार ०८:०७