मुक्तिनाथ विकास बैंकको केन्द्रिय कार्यलय कमलादीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मुक्तिनाथ विकास बैंकको केन्द्रिय कार्यलय कमलादीमा



काठमाडौं, ४ फागुन  । मुक्तिनाथ विकास बैंकको केन्द्रिय कार्यलय बुधबारबाट काठमाडौंको कमलादीमा सरेको छ । यस अघि उक्त बैंकको केन्द्रिय कार्यलय कास्की पोखरामा रहेको थियो ।

कार्यलयको शुभारम्भ नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीबी नेपालले गरेका हुन् । उक्त उद्घाटन समाहरोहमा बिभिन्न क्षेत्रका नागरिक, उद्योगी, व्यवसायी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको विगत, वर्तमान अवस्था र बैंकको भावी रणनीतिको बारेमा चर्चा गरेका थिए । बैंकले नेपाली समाजका विद्यमान समस्याहरु समाधान गर्न र कृषि क्षेत्रको विकास र बिस्तार गर्न उपयुक्त वित्तीय सेवाहरु कार्यान्वयनमा ल्याउने बताए ।

बैंकले जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्दै नेपालको परिवेश सुहाउँदो ४४ वटा आधुनिक बैंकिङ शाखा, ८ वटा सीमित बैंकिङ र ३ वटा एक्सटेन्सन काउन्टर अन्र्तगत ५० वटा लघुवित्त डेस्क कार्यालयहरुबाट १ लाख भन्दा बढी लघुवित्त सदस्यहरु सहित कूल ३ लाख भन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : ४ फाल्गुन २०७३, बुधबार १६:२७