बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप १२ दशमलब ४ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप १२ दशमलब ४ प्रतिशतले बढ्यो



काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप १२ दशमलब ४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार चाला आबको दश महिनाको अवधिमा निक्षेप एक सय ७५ अर्ब २ करोड रुपैंयाले बढेको हो ।

अधिल्लो बर्षको सोही अवधिमा यस्तो निक्षेप ११ दशमलव ६ प्रतिशत एक सय ३७ अर्ब ४७ करोड रुपैंयांले बढेको थियो । समीक्षा अवधिमा वाणिज्य बैं, विकास बैंक र फाइनान्स कम्पनीहरुको निक्षेप क्रमशः १३ दशमलब सात प्रतिशत, २ दशमलब एक प्रतिशत र शून्य दशमलब ७ प्रतिशतले बढेको छ ।

अधिल्लो बर्षको सोही अवधिमा वाणिज्य बैैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको निक्षेप क्रमशः १० दशमलव नौ प्रतिशत, १८ दशमलब आठ प्रतिशत र पांच प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७२ बैशाख मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेपा १९ दशमलब तीन प्रतिशतले बढेको छ । आजको आर्थिकबाट ।

प्रकाशित : ६ असार २०७२, आईतवार ०२:४०