सोसियल नेटवर्क ‘सगुन डटकम’को सेयरः नेपालीलाई ‘आकाशको फल आँखा तरी मर’! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सोसियल नेटवर्क ‘सगुन डटकम’को सेयरः नेपालीलाई ‘आकाशको फल आँखा तरी मर’!



काठमाडौँ  ५ फागुन । नेपाली यूवाहरुले विकास गरेको भनिएको नयाँ सोसियल साइट ‘सगुन डटकम’ नामक एक सामाजिक सञ्जाल नेपालमा बस्नेहरुका लागि अाकाशको फल जस्तै बन्न पुगेको छ । सामाजिक सञ्जाल सगुन डटकमले सर्वसाधारणका लागि दुई करोड डलर ९ करिब दुई अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियो  ।

संसारको जुनसुकै स्थानबाट जो कोही व्यक्तिले पनि सगुनमा कम्तीमा २९९ डलर लगानी गरी सेयरधनी बन्नसक्ने बताए पनि  नेपाल बाहिर रहेका नेपालीले मात्रै सो सेयर खरिद गर्न पाउनेछन् तर, कानुन अभावका कारण नेपालमा रहेका नेपालीले भने उक्त सेयर खरिद गर्न पाउदैनन् । नेपाली युवाले निर्माण गरेको यो सामाजिक सञ्जाल नेपालीलाई नै ‘आकाशको फल आँखा तरी मर’ भन्ने उखान चरितार्थ गरेको छ ।

विसं २०७१ आफुन १३ गते अमेरिका, भारत र नेपालबाट एकसाथ सार्वजनिक गरिएको सगुन डटकम विस्तारका लागि भन्दै यसका संस्थापकहरुले लगानीका लागि आब्हानसमेत गरेका थिए । तर पनि कुनै ठूला लगानीकर्ता लगानी गर्न तयार नभएपछि सगुन डटकम अहिले  सेयर निष्कासन गरेर पुँजी बटुल्ने दाउमा लागेकाे छ  ।

लगानिकर्तामा छैन अाकर्षण

झण्डै दुई बर्ष अघि(२०७२ कार्तिक २२ गते अाईतबार ) तत्कालिन प्रधानमन्त्री केपी ओलीमार्फत शुभारम्भ गरिएको यो सञ्जालमा मानिसहरुको साखै आकर्षण देखिएको छैन । स्थापनाकालमा नै सोसिइल साइटको भन्दा फरक विशेषता खाता खोल्दा, साथी बनाउँदा, गोप्य म्यासेज पठाउँदा तथा अन्य गतिविधि गर्दा प्रयोगकर्ताले नगद उपहार पाउने भनिए पनि प्रयोगकर्ताले त्यसबाट लाभ  खासै लाभ लिन सकेका छैनन् । यस अघि भनेको रकम सहज र प्रष्ट विधि अहिलेसम्म कुनै पनि प्रयोगकर्ताले रकम पाउन सकेका छैनन् ।

जसले गर्दा सगुनका उपभोक्ता र आम मानिसहरुमा भ्रम सिर्जना गर्ने काम भएको छ । सगुन डटकममा फेसबुक, ट्वीटर, हृवाट्स एप, स्न्याप च्याट, इन्स्टाग्राम लगायतका म्यासेजिङ साइटहरुको विशेषता रहनुका साथै  परिवारका सदस्य तथा साथिहरुसँग फोटो तथा सूचनाहरू आदान प्रदान गर्न मिल्छ । तर अन्य सोसियल साइटको तुलनामा त्यसको प्रयोग सहज र प्रतिस्पर्धी किसिमको नरहेको उपभोक्ताहरुको अनुभव छ । एक पटक एकाउन्ट खोलेकाहरु पुनः फर्केर नजाने लहर पनि व्याप्त नै छ । प्रयोग कर्ताको अाकर्षण नहुनुले पनि लगानी जुट्न समस्या भएको स्रोतको भनाई छ ।

प्रकाशित : ५ फाल्गुन २०७३, बिहीबार ०७:०१