सबैभन्दा महंगा ६ साउथ इन्डियन फिल्म « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सबैभन्दा महंगा ६ साउथ इन्डियन फिल्म



एजेन्सी । दश महंगा दक्षिण भारतीय फिल्ममा रजनीकान्तका ३ वटा फिल्म परेका छन् । ट्रेड फिल्म विश्लेषकले ‘२.०’ फिल्म भारतकै सबैभन्दा महंगो फिल्म हुने बताएका छन् । यसमा महंगा ‘भिडियो इफेक्ट’ अर्थात् दृश्य प्रभावको प्रयोग गरिएको छ र यो एकदमै अत्याधुनिक छ । यस्तै ६ दक्षिण भारतीय फिल्मको बजेटको बारेमा यहाँ चर्चा गरिएको छ ।

१. २.० – रजनीकान्त र अक्षय कुमारले अभिनय गरेका यस फिल्मको बजेटले नै निक्कै चर्चा पाइसकेको छ । यो फिल्म करिब ४०० करोड भारुमा बन्दैछ । फिल्ममा सबैभन्दा महंगो भिडियो इफेक्ट’को प्रयोग गरिएको छ । नकारात्मक भूमिकामा रहेका अक्षय कुमारले मात्रै ४५ करोड रुपैयाँ बुझेका छन् । मेकअप, फिल्मको क्लाइमेक्स, सह–निर्देशक, प्रयोड्युसर, व्यवस्थापकआदि सबैमा राम्रो खर्च गरी फिल्म बनाइएको छ । फिल्म यसै बर्ष २०१७ मा रिलिजमा आउने बताइएको छ ।

२. बाहुबली–२ – यो फिल्ममा पनि अत्याधुनिक भिडियो इफेक्ट र सेटका कारण निकै बजेट खर्चेको छ । बाहुबलीको दोस्रो भाग समापन गर्न मात्रै २०० कराड भारु खर्च भएको छ । यस्तै, बाहुबलीको पहिलो भागमा १२० करोड खर्च गरिएको थियो । त्यसो त बाहुबलीको दोस्रो भागले रिलिज अगावै कमाईको नयाँ इतिहास रचेको छ । यो फिल्म आगामी एप्रिलमा रिलिज हुने बताइएको छ ।

३. एन्थरिन – हिन्दी भर्जनमा ‘रोबोट’ बनेको फिल्म एन्थरिन पनि महंगो फिल्ममा पर्छ । रजनीकान्त र ऐश्वर्या रायको अभिनयन रहेको यस फिल्मा निर्देशक शंकरले केही विशेष प्रविधिको प्रयोग गरेका छन् । यो फिल्मको कुल बजेट १३२ करोड भारु छ ।

४. कोच्चाडियन – १२५ करोड भारुमा बनेको यो फिल्मलाई तमिल एपिक हिस्टोरिकल फिक्शन फिल्म भनिन्छ । फिल्ममा दीपिका पादुकोण र रजनीकान्तको अभिनय छ ।

५. बाहुबली – कुल मिलाएर ६०० करोड भारु कमाएको फिल्म बाहुबलीको पहिलो भाग निर्माणमा १२० करोड बजेट लागेको थियो । फिल्म सफल हुनुको पछाडी निर्देशन, अनिभय, कथा र भिजुअल इफेक्टक कारण रहेको छ । अहिलेसम्मको सबैभन्दा बढी कमाई गर्ने दक्षिण भारतीय फिल्म हो ।

६. पुली – श्रीदेवी र विजयको अभिनय रहेको यस फिल्मको बजेट ११८ करोड रहेको छ । यो दक्षिण भारतीय १० महंगो फिल्मको छैठौं स्थानमा छ । दुई फरक राज्यलाई देखाउन स्पेशल इफेक्ट प्रयोग गरिएको छ ।नेपालीहेडलाईनको सहयोगमा

प्रकाशित : ५ फाल्गुन २०७३, बिहीबार ०७:५९