निजी डेरी उद्योगमा १५ अर्बको लगानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

निजी डेरी उद्योगमा १५ अर्बको लगानी



काठमाडौं । केही वर्षयता निजी डेरी उद्योगले लगानी बढाउदै लगेका छन् । अहिले भइरहेको र सञ्चालनमा आउने क्रममा रहेका उद्योगले हालसम्म यस उद्योगमा १५ अर्ब रुपैंयांभन्दा बढीको लगानी गरिसकेको डेरी उद्योग सङ्घका अध्यष प्रदीप महर्जन बताउंछन् ।

उनीहरुले लगानी बढाएसंगै आधुनिक प्रविधियुक्त मेशिनको जडान र जनशक्ति सोहीअनुसार तयार पार्दै लगेका हुन् । संयुक्त, धुम्बाराही, काठमाडौं, खरीपाटी, सीताराम, सञ्जीवनी, कालिका, राजधानी तथा नेपाल डेरी लगानी थप्ने तथा नयां प्रविधि भित्र्याउने केही डेरी उद्योग हुन् ।

नेपाली डेरी उद्योग सक्षम बन्दै जांदा भारतबाट आयात हुने पाउडर दुधको आयातसमेत रोकिएको छ । हाल नेपालमा तीनओटा उद्योगले पाउडर दुध उत्पादन गर्छन् ।

त्यसमा दुग्ध विकास संस्थानको विराटनगरबाट ३५ हजार, चितवन मिल्कबाट १ लाख ५० हजार र सुजल डेरी पोखराबाट ८० हजार लिटर बार्षिक पाउडर दुध उत्पादन हुने गरेको सम्बन्धित उद्योगहरुले बताएका छन् । आजको अभियानबाट ।

प्रकाशित : ६ असार २०७२, आईतवार ०३:१८