एभरेष्ट इन्स्योरेन्सको अत्याधिक प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट इन्स्योरेन्सको अत्याधिक प्रगति



काठमाडौं, ५ फागुन  । निजि क्षेत्रको निजीवन बीमा एभरेष्ट इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासमा खुद मुनाफा २ करोड ७ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा साढे २ गुणाले वृद्धि गरेको हो । कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ९१ लाख रुपैयाँ कमाएको थियो ।

१० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा १४ करोड २० लाख रुपैयाँ र बीमा कोषमा ९ करोड ९२ लाख रुपैयाँ राखेको छ । बीमाको आम्दानीमा २ गुणाले बढेर २ करोड ९८ लाख रुपैयाँ पुगेको छ र खर्चमा लगभग २ गुणाले बढेर १ करोड ४२ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको कुल बिमा शुल्क रकम ११ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ भने कुल दाबी भुक्तानी शुल्क रकम ८ करोड १३ लाख रुपैयाँ रहेको छ । कम्पनीको जारी बीमालेखको संख्या ७ हजार ७ सय ६२ वटा रहेको छ भने कुल दाबी भुक्तानी संख्यामा ५ सय ७० वटा रहेको छ ।

कम्पनिको प्रतिशेयर आम्दानी वार्षिक २० दशमलव ४६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७५ दशमलव ७७ गुणा र प्रतिशेयर नेटवर्थ ४ सय १२ दशमलव ५१ रुपैयाँ रहेको छ ।

प्रकाशित : ५ फाल्गुन २०७३, बिहीबार १२:३५