सिद्धार्थ बैंकको ३९ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंकको ३९ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद पारित



काठमाडौं, ५ फागुन ।  सिद्धार्थ बैंकको पन्ध्रौं बार्षिक साधारणसभाले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ३९ प्रतिशत बोनसपश्चात ३० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताब पारित गरेको छ । साथै सभाले संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्नेगरी चार जना र सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरि तीन जना संचालक समेत चयन गरेको छ ।

दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी पाँच अर्ब २३ करोड ५० लाख रुपँया रहेको छ । बैंकले दोस्रो त्रैमासको विवरणमानै यसअघि बिक्री गरेको हकप्रद र बोनस समायोजन गरिसकेको थियो ।

अब जारी गर्ने ३० प्रतिशत हकप्रदपछि बैंकको चुक्तापूँजी ६ अर्ब ८० करोड ५५ लाख रुपैँयाँ पुग्नेछ । कम्पनीले एक अर्ब १९ करोड ४५ लाख रुपैँया बराबरको बोनस यस आर्थिक बर्षको कमाईबाट वितरण गरेर राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपँया चुक्तापुँजी पुर्याउनेछ ।

साथै साधारणसभाले सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरि मनोज कुमार केडिया, नरेन्द्रकुमार अग्रवाल, दिनेश शंकर पालिखे, विरेन्द्र कुमार शाह तथा संसाथपक सेयरधनीको तर्फबाट महेश प्रसाद पोखरेल, हेमन्त ज्ञवाली, र राजेशकुमार केडियालाई सर्वसम्मत संचालकमा चयन गरेको छ ।

प्रकाशित : ५ फाल्गुन २०७३, बिहीबार १२:४२