रेमिट्यान्स आप्रवाह ५.७ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

English

रेमिट्यान्स आप्रवाह ५.७ प्रतिशतले वृद्धि



काठमाडाै ६ फागुन । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ५.७ प्रतिशतले वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ६ महिनाको तथ्यांक अनुसार यो अवधिमा तीन खर्ब ४२ अर्ब २३ करोड रूपैयाँ विप्रेषण (रेमिट्यान्स) आयात भएको छ ।


चालु आवको सो अवधिमा विप्रेषण आयत भएको विप्रेषण गत आवको तुलनामा भने निकै कम हो । गत आवको सोहि अवधिमा १७.३ प्रतिशतले विप्रेषण आयात बढेको थियो । पछिल्लो समयमा रोजगारीका लागि विदेश जाने कामदार घटेका कारण विप्रेषण घटेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्याङक अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ९.९ प्रतिशतले घटे्को छ । चालु आवको ६ महिनामा  पुससम्ममा जम्मा एक लाख ८९ हजार चार सय ३३ जना युवा रोजगारीका विदेशीएका छन् । गत आवको सोहि अवधिमा वैदेशिक रोजगारीमा जाने नेपाली २२.५ प्रतिशतले घटेका थियो ।

प्रकाशित : ६ फाल्गुन २०७३, शुक्रबार ११:२९