सिद्धार्थ डेभलपमेन्ट बैंक गुल्मीको तम्घास बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ डेभलपमेन्ट बैंक गुल्मीको तम्घास बजारमा



काठमाडौं, ७ फागुन  । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडले गुल्मीको तम्घास बजारमा ३५ औँ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्दै जाने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक समिति अध्यक्ष रामबहादुर भण्डारीले गरेका थिए ।

उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बैंकले आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय विस्तार गर्ने बताएका छन् । साथै, उनले ग्रामिणमुखी र आधुनिक एवं स्तरीय बैंकिङ् सेवा प्रदान गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्याृन बैंक प्रतिबद्ध रहेको जानकारी गराएका छन् ।

प्रकाशित : ७ फाल्गुन २०७३, शनिबार १२:१४