काठमाडौंमा दुई दिने पूर्वाधार सम्मेलन सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

काठमाडौंमा दुई दिने पूर्वाधार सम्मेलन सुरु



काठमाडौं, ८ फागुन  । आइतबारदेखि दुई दिने ‘नेपाल इन्फ्रास्टकचर समिट २०१७’ सुरु भएको छ । नेपाल उद्योग परिसंघले नेपाल सरकार र युवा निर्माण व्यवसायीको सहकार्यमा दोस्रो पटक काठमाडौं सम्मेलन गर्न लागेको हो । सिएनआइले यस अघि २०१४ मा पनि पूर्वाधार शिखर सम्मेलन सम्पन्न गरेको थियो ।


नेपालमा पूर्वाधारको विकास निराशाजनक छ । न त राज्यले पूर्वाधार विकास गर्न सकेका छ न त निजी क्षेत्र नै यसमा आउन सकेका छन् । यहि परिस्थितीमा नेपालको पूर्वाधार विकास गर्न पूर्वाधार विकास सम्मेलन गर्न लागेको आयोजकले बताएका छन् ।

‘नेपालको लगानी गर्न सक्ने पूर्वाधारका क्षेत्रको पहिचान गर्नु र लगानी जुटाउनु यस सम्मेलनको उद्देश्य हो,’ नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले भने, ‘स्वदेशी, विदेशी लगानी जुटाउने प्रयास यस सम्मेलनले गर्दैछ ।’
आयोजकले यो सम्मेलनमा मुख्य रुपमा पाँच वटा क्षेत्रलाई प्राथमिकतामा रोखेर छलफल गर्दैछ । यातायात, उर्जा, पर्यटन, कृषी र सहरी विकासलाई आधार बनाएर सम्मेलनमा छलफल गरिने छ ।

कृषीको विकास गर्न चाहिने पूर्वाधार भनेको सिचाइ हो । सिचाइको सुविधा पु¥याउने सक्ने हो भने अन्य कृषी उत्पादन वृद्धि कुनै निश्चित छ । यसैले यस शिखर सम्मेलनमा सिचाइको पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ ।

सहरीको पूर्वाधार विकास गर्न साना देखि ठूलो आयोजना आवश्यक छ । सहरी यातायात, संचार, भवन, पानी, सरसफाइ सम्बन्धित पूर्वाधार विकास गर्न सके मात्र सहरको विकास हुन सक्छ । यातायातको पूर्वाधार विकासले देश विकास हुन्छ । जहाँ यातायात पुगेको छ त्यहाँ सहर विस्तार र अन्य विकास भएका छन् । त्यसैले यस क्षेत्रको पूवर्धार निर्माण गर्नु राज्यको पहिलो प्राथमिकता हुनु पर्नेमा सम्मेलनले जोड दिने छ ।

नेपालको सबैभन्दा ठूलो सम्भावना बोकेको क्षेत्र जलविद्युत हो । जलविद्युत उत्पादन गर्न सबैभन्दा पहिला चाहिने भनेको पूर्वाधार नै हो । यस क्षेत्रमा सानो पुजि लगानीले मात्र नहुने भएकाले विदेशी लगानी आउन जरुरी छ । त्यसैले गर्दा जलविद्युतमा विदेशी लगानी ल्याउन सहयोग पु¥याउने उद्देश्य यस सम्मेलनले गरेको छ ।

नेपालमा अर्को ठूलो सम्भावना बोकेको क्षेत्र पर्यटन हो । शहरदेखि गाउँ, हिमाल सम्म पर्यटन विकास गर्न सक्ने सम्भावना रहेका छन् । तर सबैभन्दा कमजोरी भनेको यसलाई विकास गर्ने पूर्वाधार नबन्नु हो । स्थानीय सम्पदाको संरक्षण र विकास, पर्यटकीय क्षेत्रमा हुनु पर्ने पूर्वाधार, पुरातात्विक संरचनाको संरक्षण र विकासले नेपालको पर्यटन क्षेत्रको विकास हुने ठहर शिखर सम्मेलन आयोजकले गरेका छन् । यस सम्मेलन मार्फत पर्यटन क्षेत्रको दिगो विकास गर्न पूर्वाधारको विकास गर्नु पर्नु पर्छ भन्ने सन्देश दिन चाहेको आयोजकले बताएका छन् ।

सम्मेलनको पहिलो दिन आइतबार दिन ४ वटा सेसन हुदैछन् । विहान साढे दशदेखि ११ बजेसम्म हुने पहिलो सेसनमा सार्वजनिक निजी सझेदारी (पिपिपी) मोडलको विषयमा अर्थमन्त्री कृष्णबहादुर महरा र डा. गोविन्दाराज पोख्रेल बाल्ने छन् ।

दोस्रो सेसन पूर्व अर्थ मन्त्री बाबुराम भट्टराई, डा. स्वर्णिम वाग्ले, हरिभक्त शर्माको छलफल हुने छ भने लन्चपछिको तेस्रो सेसनमा रमेश लेखक, डा. चिरन्जिवी नेपाल, वेन्काइ झाङ रहेका छन् ।

कार्यक्रमको औपचारि उद्घाटन साझ ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल गर्नेछन् भने कि नोटका रुपमा भारतीय रेल्वे मन्त्री सुरेश प्रभाकर प्रभु रहने छन् ।

दोस्रो दिन सोमबार ५ वटा सेसन रहेका छन् । सम्मेलनको समापन कार्यक्रम साझ साढे चार बजे हुनेछ । उक्त समापनको प्रमुख अतिथि गृहमन्त्री विमलेन्द्र निधी रहेका छन् ।

प्रकाशित : ८ फाल्गुन २०७३, आईतवार ०६:०२